+
+

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा, लेवान्डोस्कीको निर्णायक गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ७:५३

१३ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा शनिबार राति बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । यस जितले बार्सिलोना शीर्ष स्थानमा उक्लेको छ ।

बार्सिलोनाको १२ खेलबाट रियल मड्रिडसमान ३१ अंक छ । तर गोलअन्तरमा बार्सिलोना अघि छ । रियलले एक खेल कम खेलेको छ ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले इन्जुरी टाइममा निर्णायक गोल गरेका थिए ।

भ्यालेन्सियाको मैदानमा भएको खेलमा लेवान्डोस्कीले इन्जुर टाइमको तेस्रो मिनेटमा रफिन्हाको पासमा गोल गरे ।

भ्यालेन्सियाका सामुएल लिनोले ५०औं मिनेटमा गोल गरेपछि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?