+
+

बल्छी धुर्वेले फिल्म निर्माण गर्ने, ‘हल्का रमाइलो’को छायांकन लण्डनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १६:०८

काठमाडौं । कलाकारहरु मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ मिलेर सामाजिक कथावस्तुमा आधारित फिल्म निर्माण गर्ने भएका छन् । अहिले हिमालय टीभीबाट प्रसारण भइरहेको सिरियल ‘जुठे’कै शैलीमा फिल्म निर्माणको योजना बनेको मरिचमानले जानकारी दिए ।

कर्णालीको जुम्ला र हुम्लामा छायांकन गर्ने योजना बनाइएको फिल्मलाई आगामी वर्ष फ्लोरमा लगिने भएको छ । ‘हामी दुई जना मिलेर स्क्रिप्ट लेख्दैछौं । निर्देशन हामी वा अरु कसैले गर्छ टुंगो छैन,’ मरिचमानले भने ।

जुठेकै शैली आउने ढंगले बन्ने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभल लक्षित गरी बनाइने समेत उनले जनाए । ‘सामाजिक हिसाबले पनि वास्तविक ढंगले कथामा उतार्ने लक्ष्य छ,’ उनले सुनाए ।

‘यो विशुद्ध नेपालीपनले भरिएको सिनेमा हुनेछ,’ मरिचमानले भने, ‘त्यतिबेलाको नेपाली समाजलाई फिल्ममार्फत प्रस्तुत गरिनेछ ।’ अहिले हिमालय टीभीमा प्रसारण भइरहेको सिरियल ‘जुठे’लाई यसको अर्गानिक कथावस्तुको कारण दर्शकले रुचाइरहेका छन् ।

हल्का रमाइलो’को छायांकन लण्डनमा

यसैबीच, बल्छी धुर्वेको निर्देशनमा प्रसारण भइरहेको सिरियल ‘हल्का रमाइलो’को छायांकन बेलायतको राजधानी लण्डनमा गरिएको छ । गत साता प्रसारण भएको एपिसोडमा लण्डनका दृश्य समावेश छ ।

लण्डन ब्रिज लगायतका पर्यटकीय थलोमा सिरियल सुटिङ भएको छ । दशैं तिहार कार्यक्रमका लागि मरिचमान एक महिना लण्डनमा बसेर यसै साता काठमाडौं फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?