+
+

‘महापुरुष’लाई पहिलो साता साढे चार करोड, दोस्रो शुक्रबार पनि सुखद् अकुपेन्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ११:५६

काठमाडौं । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ले पहिलो साता घरेलु बक्स अफिसमा साढे चार करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ ।

पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्मको यो कमाइमा काठमाडौं उपत्यकाका मल्टिप्लेक्सको योगदान उच्च छ । दोसो सप्ताहन्तमा फिल्मले झण्डै ६ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ ।

‘महापुरुष’ दोस्रो साता बक्स अफिसमा भाग्यमानी सावित हुनसक्छ किनभने शुक्रबारदेखि रिलिज भएका दुई फिल्म लाखे र फोनभूतको ओपनिङ अकुपेन्सी कमजोर देखिएको छ । अक्षयकुमारको ‘रामसेतु’को रिलिज होल्डमा छ ।

एकातिर बलियो ‘वर्ड अफ माउथ’ र अर्कोतिर रिलिज भएका फिल्मको कमजोर अकुपेन्सीको फाइदा ‘महापुरुष’ले उठाउने पक्का छ । पारिवारिक कथावस्तु र त्यसमा पनि पारिवारिक दर्शक भएपछि यस्तो फिल्मको अकुपेन्सीमा सिधै गिरावट आउने सम्भावना कम हुन्छ ।

प्रदीप भट्टराई निर्देशित महापुरुषले पत्नी गुमाएपछि एक्लिएको पुरुषको संवेदनाको कथा भन्छ । नेपाली फिल्मले महिलाको आँखाबाट संवेदनाको कथा भन्दै आएकोमा महापुरुषले पुरुषको आँखाबाट कथा प्रस्तुत गर्छ ।

लामो समयपछि महजोडी पर्दामा फर्किएकाले पनि उनीहरुको क्रेजलाई महापुरुषले आत्मसात गरेजस्तो देखिन्छ । महापुरुष शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?