+
+

यू-२३ राष्ट्रिय भलिबल टिमका लागि बन्द प्रशिक्षणमा २० खेलाडी छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ८:५६

२७ कात्तिक, काठमाडौं । बंगलादेशमा हुने काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि टिम बनाउन नेपाल भलिबल संघले खुल्ला छनोटबाट बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको छ  ।

संघले शनिबार विज्ञप्ति जारी गर्दै २० खेलाडी छनोट गरिएको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा कात्तिक २१ देखि २४ गतेसम्म चार दिन सञ्चाल भएको खुल्ला छनोटबाट २० खेलाडी छनोट गरिएको हो ।

यू-२३ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नेपालले ऐतिहासिक सफलता दिलाएका जगदिश भट्ट छन् भने यस्तै भरत यादव सहायकमा छन्

संघले कात्तिक २७ गते आइतबारदेखि राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।

पहिलो पटक नेपालले प्रतिस्पर्धा गर्न लागेको काभा यू-२३ पुरुष भलिबल च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी डिसेम्बर २० देखि २७ गतेसम्म आयोजना हुनेछ ।

बन्द प्रशिक्षणमा छनोट भएका खेलाडी

धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, विष्णु बस्नेत, गोविन्द टमाटा, सफल विक, सन्तोष महता, तेज नाथ, सुरेन्द्र भाट, मनिष मानन्धर, हेमन्त मल्ल, प्रेमप्रसाद गौतम, रुप बहादुर गुरौ, वेद प्रकाश जोशी, सम्राट भण्डारी, सुभास कुँवर, गौरव पाण्डे, भीम राज गुरुङ, विशाल भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?