+
+

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर : अपहरणबाट मुक्त हुन युवतीले गरेको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १४:१३

काठमाडौं । फिल्म ‘पासो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । फिल्म मंसिर १६ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ ।

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा थ्रिलर तत्व समावेश छ । दुई युवती चरित्रले बाँच्नका लागि गरेको संघर्षको कथा फिल्मले पेस गर्छ ।

अपहरणमा परेका दुई युवतीले त्यसबाट मुक्त हुन कसरी संघर्ष गर्छन् भन्ने कथावस्तु फिल्ममा छ । रिस्ता बस्नेत र सुनिशा बजगाईं केन्द्रीय भूमिकामा छन् ।

१३ दिन लगाएर खिचिएको फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको छ । फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको फिल्ममा वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सहनिर्माताको रुपमा छन् ।

फिल्ममा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सूर्य दयालुको संगीत, उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको नृत्य निर्देशन र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

‘पासो’ले नेपाली फिल्म क्षेत्रलाई नयाँ कथा दिने निर्माता भुजेलको तर्क छ । रिस्ताले छायांकन गर्दा कठिन भएको अनुभव बाँडिन् । १० दिनसम्म त आफू बाकसभित्र रहेर फिल्ममा काम गरेको सुनाइन् ।

सुनिशा बजगाईंले पनि पाँच दिनसम्म हात बाँधेर काम गर्नुपर्दा गाह्रो भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?