+
+

अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ९:०३

२९ कात्तिक, काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गोली प्रहारमा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?