+
+

‘भ्वाइस अफ नेपाल’मा नकआउट प्रतिस्पर्धा : टीम प्रविशाबाट को-को लाइभ शोमा प्रवेश गरे ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ८:१६

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । यसअघि कोचहरु प्रमोद खरेल, राजेशपायल राई र राजु लामाको टीमका प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् ।

शनिबार राति टीम प्रविशाका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो । जसबाट वर्षा इटानी, प्रिजोल नेपाली र शाइल लिम्बू लाइभ शोमा प्रवेश गरेका छन् । नकआउट राउण्ड सकिएको छ र आगामी शुक्रबारदेखि लाइभ शो राउण्ड सुरु हुँदैछ । लाइभ शोमा दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्नेछन् ।

भ्वाइसको चौथो सिजन हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?