+
+

कैलाली-३ मा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:४१

५ मंसिर, कैलाली । कैलाली क्षेत्र-३ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्र दोस्रो स्थानमा छ भने एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो स्थानमा छ ।

१ हजार ८१० मत गणना सकिदा नागरिक उन्मुक्ति पार्टीका उम्‍मेदवार गंगाराम चौधरीले ६०० मतसहित अग्रता लिएका छन् ।

उनलाई माओवादी केन्द्रका उम्‍मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । कृष्णकुमारले ४५० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार बिरेन्द्र बहादुर बमले ४०७ मत ल्याएको छ ।

यस्तै नेकपा एममलेका उम्‍मेदवार गौरीशंकर चौधरीले २५० मत पाएका छन् ।

क्षेत्र नम्बर ३ को मतगणना घोडाघोडी बहुमुखी क्याम्पसमा भइरहको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?