+
+

बारा-१ मा उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २०:०५

५ मंसिर, बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । २ हजार ७८६ मत गन्दा एमालेका उम्‍मेदवार अच्युतप्रसाद मैनालीले १ हजार २५२ मत पाएका छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्‍मेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीले १ हजार १८५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै स्वतन्त्र पार्टीका उम्‍मेदवार गणेश धिमालले ८७, हाम्रो नेपाली पार्टीका उम्‍मेदवार राकेश न्‍यौपानेले ६९ मत ल्याएका छन् ।

बारा-१को मतगणना कोल्बी नगरपालिकाको नयाँ भवनमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?