
प्यूठान । प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ७२३ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार ६३८ मतका साथ पछ्याइरहेकी छन् । पौडेल सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।
यसैगरी प्यूठान प्रदेशसभा क मा पनि एमाले उम्मेदवार नै अगाडि छन् । एमालेका हरिप्रसाद रिजालले १ हजार ३७१ मत पाउँदा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा)ले १ हजार ११५ मत ल्याएका छन् ।
प्रदेशसभा ख मा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाइरहेका छन् भने एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4