+
+

विश्वकप फुटबल लेवान्डोस्कीले पेनाल्टी गुमाए, पोल्याण्ड र मेक्सिकोले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २३:५४

६ मंसिर, काठमाडौं । कप्तान रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्न असफल भएपछि पोल्याण्डले कतारमा जारी फिफा विश्वकपको पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको छ ।

समूह सी अन्तर्गत स्टेडियमा ९७४ मा मंगलबार भएको खेल गोलरहित बराबरीमा सकिएपछि दुवै टोलीले समान एक अंक पाएका छन् ।

मंगलबारै भएको समूह सी को पहिलो खेलमा साउदी अरेबियाले उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।

पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेपछि यो समूह खुल्ला भएको छ । पोल्याण्ड र मेक्सिकोबीच खेलको पहिलो हाफ गोलरहितमा सकिएको थियो ।

दोस्रो हाफमा पोल्याण्डले अग्रता लिने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मेक्सिकोका हेक्टर हेरेराले लेवान्डोस्कीलाई फउल गरेपछि भिएआरको सहयोगमा पोल्याण्डले पेनाल्टी पाएको थियो ।

यसमा लेवान्डोस्की चुके भने मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाअ नायक बने । लेवान्डोस्कीको प्रहार ओचाअले डाइभ गर्दै शानदार बचाउ गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?