+
+

विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक अवसरबाट चुक्यो इरान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते ४:०९

१४ मंसिर, काठमाडाैं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ ।

खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी इरानका गोलरक्षक अलिरेजा बेरन्बन्दसँग जुध्न पुग्दा धेरै समयसम्म मैदानमै उपाचार गर्नुपरेको थियो । उनलाई पहिलो हाफपछि सब्सिट्युट गरिएको थियो ।

यो यस्तो खेल थियो जहाँ दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्न इरानका लागि बराबरी नै काफी थियो । तर, खेल अबधिभर उनीहरुले एकपल्ट मात्र अमेरिकाको पोष्टमा आक्रमण गर्न सके ।

दोस्रो हाफमा सुधारिए पनि इरानले गोल गर्न सकेन । खेलको इन्जुरी समयमा इरानले सबैभन्दा राम्रो अवसर पाएको थियो । मुर्तजा पौरालिगान्जीको फ्रिकक प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

अन्तिममा इरानलाई निराश बनाउँदै अमेरिका विश्वकपमा नकआउट चरणमा पुग्यो । अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान अहिलेसम्म पहिलो चरणबाट माथि उठ्न सकेको छैन । यसपल्ट उनीहरुका लागि सबैभन्दा सहज र ठूलो अवसर थियो । किनभने समूहचरणको खेलमा इरान इंग्ल्याण्डसँग हारे पनि वेल्सलाई २(० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरीकै नतिजा उसका लागि पर्याप्त थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?