
१६ मंसिर, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशको टिमले पाँचौं खेलमा पहिलो जित हासिल गरेको छ । त्रिवि मैदानमा भएको खेलमा उसले गण्डकी प्रदेशमाथि ५ विकेटको जित रच्यो ।
गण्डकीले दिएको २१४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । गुमाउँदै २१६ रन बनाएको हो ।
मधेशका लागि ओपनर मयन मण्डलले सार्वधिक ४९ रन बनाए । उनले ७४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर मेघराज रामले ७१ बलमा ४३ रन बनाउँदै रनआउट भए । इमरान शेखले २७ रन बनाएर अर्जुन कुमालको हातबाट क्याच भए ।
अनिल अन्सारी ३२ रनमा स्टम्पिङ भए । सर्फराज मन्सुरी २१ रनमा बोल्ड भए । दल्बु यादव र अभिषेक तिवारी क्रमशः २१ र १३ रनमा अविजित रहे । बिलङमा गण्डकीका लागि शिशिर भुषाल, नितेश गिरी, अर्जुन कुमाल र करन पङ्गेनीले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८.५ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । गण्डकीका ओपनर गोविन्द विकले सर्वाधिक ५३ रन बनाए । उनले ८४ बल खेलेर ३ चौका प्रहार गरे ।
अर्का ओपनर अर्जुन कुमालले ११, करन पंगेनीले २५, श्रीविन श्रेष्ठले १६, सुदीप अर्यालले २७ र सुजन गौतमले ३० रन बनाए । बलिङमा मधेशका सायमन रायले सर्वाधिक ३ विकेट लिए । अविजित मण्डल र नितेश यादवले समान २–२ विकेट लिए ।
यू-१९ राष्ट्रिय प्रतियोगितामा यी दुवै टिमको प्रदर्शन सन्तोषजनक छैन । गण्डकीले ६ खेलमा ५ हार र १ जित तथा मधेशले ५ खेलमा ४ हार र १ जितको नतिजा निकालेका छन् । सात प्रदेशका टिमबीच राउण्ड रोविन प्रणालीमा सन्चालित प्रतियोगितामा शीर्ष दुई स्थानका टिमले मंसिर १९ गते फाइनल खेल्नेछन् ।
तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4