+
+

जोनी डेप बने सन् २०२२ मा गुगलमा सबैभन्दा धेरै खोजिने कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १०:५९

काठमाडौं । गुगलले आफ्नो सर्च इन्जिनमा सन् २०२२ मा सबैभन्दा धेरै खोजी गरिएका कलाकारको नयाँ सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् ।

पूर्वपत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद र घरेलु हिंसाबारेको अदालती मुद्दाको कारण उनी यस वर्ष चर्चित बने । मिडिया र उनका प्रशंसकले अदालतको यो सुनुवाइलाई निकै पछ्याए ।

अर्का हलिउड अभिनेता विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका कलाकार बने । गत मार्च २७ मा आयोजित ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि अभिनेता स्मिथ चर्चामा आए ।

सूचीको तेस्रो स्थानमा हलिउड अभिनेत्री एम्बर हर्ड रहिन् । पूर्वपति तथा अभिनेता जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई पनि चर्चामा ल्यायो । यी तीनै जना कलाकार सर्वाधिक खोजीको सूचीमा पर्नु स्वभाविक नै हो ।

अन्य कलाकारहरु क्रिस रक, जाडा पिन्केट स्मिथ, जोसेफ क्वीन, इभान पिटर्स, एन्ड्रियु गारफिल्ड, जुलिया फक्स, एज्रा मिलर पनि सूचीमा अटाएका छन् । क्रिस रक चौथो र जाडा पिन्केट पाँचौं स्थानमा छन् ।

‘स्ट्रेन्जर थिङ्स’ स्टार जोसेफ क्वीन छैटौं, ‘अमेरिकन हरर स्टोरी’ स्टार इभान पिटर्स सातौंमा छन् । स्पाइडरम्यान अभिनेता एन्ड्रियु गारफिल्ड आठौंमा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?