+
+

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा भट्टराई दोहोरिए 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १५:२२

२३ मंसिर, काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार भट्टराईको पुनः दोहोरिएका छन् । कम्पनी स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईको पहिलो चार वर्षे कार्यकाल आगामी १६ पुसमा सकिंदैछ ।

उनलाई २३ मंसिर बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले अगामी १७ पुसदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । एसियन लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापकीय नेतृत्व गरिसकेका भट्टराईसँग बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव पनि रहेको छ ।

कम्पनीले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरी प्रक्रिया अगाडि बढाएको छ । मर्जरपछि बन्ने कम्पनीको सीईओ पनि भट्टराई नै हुने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?