+
+

फिना विश्व पौडी च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते ७:०६

२४ मंसिर, काठमाडौं । अष्ट्रेलियामा आयोजना हुने फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा नेपालबाट चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार अस्ट्रेलियाको मेलवर्न प्रस्थान गर्नेछन् ।

प्रतियोगितामा पुरुष ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल तथा १०० र २०० मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० र १०० मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले सहभागिता जनाउने छन् ।

प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की तथा व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ छन् । प्रशिक्षक कार्कीले प्रतियोगिताले आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महासचिव श्रेष्ठले प्रतियोगिताका दौरान हुने फिनाको विशेष साधारणसभामा पनि भाग लिने छन् । टोलीलाई सफलताको शुभकामना दिदै नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?