+
+

एकीकृत समाजवादीले टुंग्यायो समानुपातिकबाट ९ प्रदेशसभा सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १९:५८

२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशसभामा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सांसदको संख्या टुंगो लगाएको छ ।

प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएको उसले प्रदेशसभामा गण्डकी बाहेक अन्यत्र समानुपातिक पद्धतिबाट सिट पाएको छ । जसमा प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेशमा रत्नेश्वर गोइत, किशोरी देवी र लक्ष्मी देवीलाई चयन गरेको एकीकृत समाजवादीले जनाएको छ ।

बागमती प्रदेशमका मायादेवी शर्मा, ओमकुमारी श्रेष्ठ, लुम्बिनीमा भगवती अधिकारी, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा माया पन्त प्रदेशसभा सदस्य चयन गरेको एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?