+
+

बझाङमा एकीकृत समाजवादीले उल्लेख्य मत पायो, जमानत जोगाउन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १५:१५

१७ वैशाख, बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एकीकृत समाजवादीसहित ८ उम्मेदवारले जमानत जोगाउन पनि असफल भएका छन् ।

एकीकृत समाजवादीका दिलबहादुरले २ हजार ५१४ मतसहित चौंथो बने पनि जमानत जोगाउन सकेनन् । त्यस्तै, जमानत नजोगाउनमा राप्रपा पनि छ । राप्रपाका किशोरकुमार खड्काले २४२ मत पाएका छन् ।

बझाङ प्रदेश सभा उपचुनावमा खसेको मतमध्ये २९ हजार ७०५ मत सदर भएको थियो । त्यसको १० प्रतिशत पनि जनमत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुने उम्मेदवारमध्ये ६ जनाले ५० मत पनि कटाउन सकेनन् ।

नेसनल रिपब्लिक नेपाल पार्टीका कमल घर्तीमगरले सवैभन्दा थोरै २ मत मात्रै पाए । नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ मत, जनमत पार्टीकी सुशीला देवी विष्टले २६, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८, राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्रबहादुर थापाले ३५ र जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ४४ मत पाए ।

तेस्रो बनेको माओवादी केन्द्रले भने ३ हजार ८३१ मतसहित जमानत जोगाएको छ । ११ हजार ६१३ मत ल्याएर नेकपा एमालेका दमन भण्डारीले उपचुनाव जित्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाएका छन् । यो क्षेत्रमा ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?