+
+

महाधिवेशनका लागि एकीकृत समाजवादीले सुरु गर्‍यो चन्दा संकलन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १७:३७

१८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी १६ देखि २० असारसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि आर्थिक संकलन सुरु गरेको छ ।

महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन सुरु गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

मंगलबार पार्टीका उपाध्यक्ष तथा दशौं महाधिवेशन आर्थिक परिचालन कमिटीको अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र क्यूआर कोडमार्फत पनि रकम सहयोग गर्न सकिने व्यवस्था गरेको श्रेष्ठले बताए । पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ दिएका छन् ।

एकीकृत समाजवादीले २६ वैशाखमा स्थायी कमिटी, २७ वैशाखमा पोलिट्ब्यूरो र २८ र २९ गते केन्द्रीय कमिटी बैठक पनि बोलाएको सचिव श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?