+
+

मुद्रास्फीति निरन्तर चापमा, ८.०८ प्रतिशत पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १६:०६

२९ मंसिर, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष (आव) को पहिलो महिनाबाटै मुद्रास्फीति चापमा छ । चौथो महिनासम्म आइपुग्दा पनि मुद्रास्फीतिमा चाप जारी छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चालु (आव)मा मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य लिएका थिए ।

पहिलो चौमासिकसम्म आइपुग्दा मुद्रास्फीति ८.०८ प्रतिशत देखिएको छ । वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति असोज मसान्तसम्म ८.५० प्रतिशत रहेको थियो । अघिल्लो आवको कात्तिक मसान्तसम्म भने मुद्रास्फीति ६.०४ प्रतिशत मात्र रहेको थियो ।

चालु आवमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

उपसमूहगत रुपमा हेर्दा रेष्टुरेन्ट र होटलमा १५.९७ प्रतिशत मूल्य बढेको छ । त्यसको तुलनामा सुर्तीजन्य पदार्थ र मदिराको मूल्य कम बढेको छ । यसमा ९.३३ प्रतिशतको मात्र मूल्य बढेको पाइएको छ । खाद्य र खाद्यजन्य पदार्थको मूल्य ९.१९ प्रतिशत र मदिराको ८.८४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि तराईमा सबैभन्दा धेरै ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?