+
+

‘कमेडी च्याम्पियन’ हिमेश पन्तले ल्याउने भए कमेडी टक शो ‘शून्य : ज्ञानयुक्त तनावमुक्त’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १९:०८

काठमाडौं । अघिल्लो सातासम्म कमेडी च्याम्पियन ‘हिमेश पन्त’को मुड चुनावमय थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका उनले राम्रै मत ल्याएर पराजय व्योहोरे ।

चुनावी मुड उत्रिएपछि उनै हिमेश यतिबेला रंगकर्ममा फर्किएका छन् । हाँस्यव्यंग्यमा आधारित टेलिभिजन कार्यक्रम ‘शून्य : ज्ञानयुक्त तनावमुक्त’ ल्याउने भएका छन् । प्राइम टाइम्स टेलिभिजनमा पुसदेखि १३ एपिसोडको शो प्रसारण हुने भएको छ ।

राजनीतिज्ञलाई अतिथि बनाएर व्यंग्य गर्नेदेखि अनौपचारिक गफगाफ गर्ने शैलीमा आउने यो शोको होस्ट हिमेश आफै हुनेछन् । ‘नेतालाई बोलाएर राजनीति बाहेकको शून्यमा रहेर गफगाफ हुनेछ । सेन्स अफ ह्युमरमा रहेर व्यंग्यसहितको कुराकानी हुनेछ’ उनले भने ।

शोको उद्देश्य सन्देश दिनु रहेको उनको भनाइ छ । ‘यो हल्काफुल्क व्यंग्य गर्ने कार्यक्रम पनि हो’ राजनीतिक र सामाजिक विषयवस्तुमा कमेडी गर्ने उनले भने । हिमेशले अभिनय गरेको फिल्म ‘वर एण्ड वधु’ यतिबेला छायांकनमा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?