+
+

सर्वोत्तम सिमेन्टको नाफा ३२ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते ९:१४

२५ वैशाख, काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको नाफा ३२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नाफा ३२ प्रतिशत बढेको छ ।

चालु आवको साउनदेखि चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ९ करोड १२ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ । चालु आवको ९ महिनामा ४ अर्ब ५५ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब ६४ करोड थियो । सर्वसाधारणमा सेयर जारी भएपछि वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसामा खुम्चिएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ ९० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?