News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले तराई–मधेशका जिल्लामा हिंसा भड्कन नदिनका लागि सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेका छन्।
- लामिछानेले अहिलेको समय हिंसा भड्काउने भन्दा पनि सद्भाव कायम राख्ने र आगो निभाउने तर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।
- उनले भने, 'हामीले बोल्दा त्यो निभ्नुको साटो झनै बल्छ भने त्यस्ता अभिव्यक्ति दिन हुँदैन, घर जल्दा कुनै पनि सदस्यलाई त्यसले पोल्नुपर्छ।'
१४ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले तराई–मधेशका जिल्लामा हिंसा भड्कन नदिनका लागि सबै पक्ष जिम्मेवार बन्न आग्रह गरेका छन् ।
केहीबेर अघि सञ्चारकर्मीसँग सिंहदरबारमा कुराकानी गर्ने क्रममा उनले अहिलेको समय मूल्यांकन गर्ने भन्दा पनि हिंसा रोक्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।
‘अहिले यो समय कस्तो हो भने, मूल्यांकन गर्नका लागि हामीसँग समय छ । तर अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म नबोल्दा राम्रो हुन्छ,’ उनले भने, ‘हामीले बोलेको बोलीले त्यहाँ शान्ति कायम हुन्छ, आगो निभ्छ भने त्यो बोलेको राम्रो हुन्छ ।’
उनले बोलेकै कारण हिंसा भड्कने वा आगो झनै बल्ने भए त्यस्ता अभिव्यक्ति नदिनु उपयुक्त हुने जिकिर गरे ।
‘हामीले बोल्दा त्यो निभ्नुको साटो झनै बल्छ भने त्यस्ता अभिव्यक्ति दिन हुँदैन । घर जल्दा कुनै पनि सदस्यलाई त्यसले पोल्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4