+
+
Shares

राष्ट्रपति पौडेल-रास्वपा सभापति लामिछाने भेट

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरे ।
  • सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाबारे जानकारी गराउन राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
  • सुनसरी घटनाको शान्तिपूर्ण समाधानका लागि बोलाएको सर्वदलीय बैठकको निर्णयबारे उनले जानकारी गराए ।

१३  साउन, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन् ।

सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकबारे जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

सुनसरी घटनाकाबारेमा सर्वदलीय धारणा बनाउन  लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएको थिए । उक्त बैठकले घटनाको शान्तिपूर्ण समाधान गर्ने संयुक्त अपिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?