News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडैललाई भेट्न आज शीतल निवास पुगेका छन्।
१४ साउन, काठमाडौं । प्रधानमन्त्री बनेको चार महिनापछि बालेन्द्र शाह राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । सुनसरी घटनाका कारण तराई मधेशमा अशान्ति बढेपछि बिहीबार राष्ट्रका नाममा समेत सम्बोधन गरेका शाह राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेट्न गएका हुन् । तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।
‘प्रधानमन्त्री भरखरै यहाँ आइपुग्नु भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो । आज मात्रै राष्ट्रपति पौडेलले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका थिए ।
प्रधानमन्त्री भएपछि उनी अहिले सम्म राष्ट्रपतिलाई शिष्टाचार भेट गर्न गएका थिएनन् । राष्ट्रपतिलाई समेत नभेटेकोमा उनको निकै आलोचना भइरहेको थियो ।
प्रतिक्रिया 4