News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई अनुभवी नेता र विज्ञहरूसँग संवाद गर्न केले रोकेको भन्दै प्रश्न गरेका छन् ।
- प्रचण्डले प्रतिनिधिसभा बैठकमा बोल्दै कुनै अहंकार वा ममात्र पर्याप्त छु भन्ने भावना राख्नु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।
- उनले प्रधानमन्त्रीको चरित्रप्रति अनौठो मान्दै भ्रष्टाचार नियन्त्रणका लागि अनुभवी नेताहरूसँग सहकार्य र संवाद गर्न आवश्यक रहेको उल्लेख गरे ।
१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यदी कुनै अहंकार र आफूमात्रै पर्याप्त हो भन्ने लागेको खण्डमा त्यो दुर्भाग्यपूर्ण हुने बताए ।
‘यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजिवी र विज्ञहरूको विशाल पंक्ति छ । ठूला ठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,’ उनले भने ।
उनले प्रधानमन्त्रीको यस्तो चरित्र आफूलाई अनौठो लागेको जिकिर गरे ।
‘सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ । लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै भोगेको नेताहरूको पंक्ति पनि छ । उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? मलाई अनौठो लाग्छ,’ उनले भने, ‘उहाँले मलाई बोलाएर तपाईंले पनि भ्रष्टाचारका विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो, के ले तपाईंलाई सफल हुन दिएन भनेर सोधे पनि त हुन्थ्यो । के ले रोक्यो उहाँलाई ? आफ्नै अहंकारले रोकेको हो कि ? म पर्याप्त छु, मलाई केही चाहिँदैन भन्ने लागेको हो कि ? यदी त्यो हो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
प्रतिक्रिया 4