News Summary
Generated by OK AI. Editorially reviewed.- पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रियालाई लिएर सरकारसँग प्रश्न गरेका छन्।
- प्रचण्डले ‘यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठूलो त्याग र तपस्याबाट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन नै गर्न खोजिएको त होइन ?’ भनी प्रश्न गरे।
- उनले सरकारको उद्देश्य संविधानलाई कमजोर पार्ने त होइन भन्ने आशंका आम जनतामा बढ्दै गएको उल्लेख गरे।
१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गरेका छन् ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहाकार असिम साहको नेतृत्वका संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनेको थियो । उक्त कार्यदलले आफ्नो काम गरेको छ ।
यसमा रहेका अन्य दलका प्रतिनिधिहरू भने अन्तिम समयमा बारिएका थिए ।
यो पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रियाबारे सरकारलाई प्रश्न गरेका हुन् ।
‘यो संविधान जो हजारौंको बलिदानकबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाइ पुनर्लेखन नै गर्न खोजिएको त होइन ?’ उनले प्रश्न गरे ।
अगाडि थपेका छन्, ‘या संविधानलाई कुनै न कुनै रुपमा अझ पछि कमजोर पार्ने उदेश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ ।’
प्रतिक्रिया 4