+
+
Shares

जनकपुरमा पनि बिहानैदेखि तनाव, जिल्ला सुरक्षा समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपको विरोधमा आज बिहानदेखि जनकपुरमा प्रदर्शन भइरहेको छ ।
  • धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले परिस्थितिको मूल्यांकन गरी कर्फ्यु लगाउने विषयमा छलफल भइरहेको बताउनुभयो ।
  • सडक जाम गरेका प्रदर्शनकारीहरूले झडपको प्रयास गरेपछि जनकपुरका विभिन्न चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

१४ साउन, जनकपुरधाम । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

‘अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउनुपर्छ कि भन्ने सल्लाह हुँदैछ ,’ उनले भने ।

प्रदर्शनकारीहरू दुई पक्षबीच भडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै अघि बढिएको सीडीओ लुइँटेल बताउँछन् ।

चोक चोकमा संवेदनशीलता हेरेर प्रहरी परिचालन गरिएको उनले बताए ।

सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि मधेशका अन्य जिल्ला पनि अशान्त बन्न पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?