+
+

जब ५० हजार कण्डम चोर्ने व्यक्ति रंगेहात पक्रियो !

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते ११:५९

चोरी डकैतीका घटनाका विभिन्न खाले समाचार समय समयमा सार्वजनिक हुने गर्दछन् । कतिपय मानिस यस्ता हुन्छन् जसले चोर्नका लागि केही चिज पनि बाँकी राख्दैनन् ।

हालै एउटा यस्तै चोरीको घटना सार्वजनिक भएको छ । उक्त घटनामा ५० हजार गोटा कण्डम चोरी गरेको एकजना व्यक्ति रंगेहात पक्राउ परेको छ ।

बेलायतको बर्मिंघममा भएको हो । समाचार अनुसार हजारौं कण्डम चोर्ने व्यक्तिको नाम एस्ले रोडेन हो । ३० वर्षका एस्ले सिरियल चोर हुन् र हालसम्म उनले १२ पटक चोरी गरिसकेका छन् । पछिल्लोपटक उनले ५० हजार वटा कण्डम चोरी गर्दै विश्वभर भाइरल बनेका छन् । उनले एउटै पसलबाट ती कण्डम चोरेका हुन् ।

उनले त्यसअघि करिब साढे २ लाख रुपैयाँ पर्ने मेकअपका सामान चोरी गरेका थिए भने त्यसपछि करिब ५० हजार रुपैयाँ पर्ने कोट र करीब ३० हजार रुपैयाँ बराबरका चकलेटसमेत चोरी गरे । कण्डम चोरी पश्चात् उनले मासुसमेत चोरी गरेका थिए ।

हरेक पटक चोरी गर्दै भाग्दै गरेका उनी अन्ततः कण्डम चोरीको घटनामा पक्राउ परे । बर्मिंघम मेजिस्ट्रेटमा बयानका क्रममा उनले आफुले हालसम्म १२ पटक चोरी गरेको र ५० हजार कण्डम समेत आफैले गरेको स्वीकार गरे । चोरीका सामान बेचेर पैसा कमाउनका लागि आफूले चोरी गर्ने गरेको उनको भनाइ छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?