+
+

‍औद्याेगिक क्षेत्रको भाडावृद्धि कार्यान्वयन नगर्न उद्योगीको माग

भाडावृद्धि फिर्ता नभए कुनै पनि शुल्क नतिर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १५:३०

३ पुस, काठमाडौं । नेपाल ‍औद्याेगिक क्षेत्र उद्योग महासंघले ‍औद्याेगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेकाे छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडावृ‌द्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चुनाैती दिएकाे हाे ।

‘उद्योगीसँग समन्वय नगरी २०७५ सालमा बढेको भाडा कार्यान्वयन गर्न पाइँदैन,’ महासंघका अध्यक्ष रामहिरा पाठकले भने, ‘हामी आन्दाेलित छाैं यसकाे अवमूल्यन गरे गम्भीर मूल्य चुकाउनु पर्छ ।’

महासंघले भाडावृद्धि औद्याेगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दावी पनि गरेकाे छ । भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्याैगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?