+
+

सरकारी वकिलको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

रासस रासस
२०७९ पुष ५ गते १९:२३

५ पुस, काठमाडौं । सरकारी वकिलहको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिता : कानुनी शासनको सुनिश्चितता’ रहेको छ ।

मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

साथै, सम्मेलनले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा गर्नु र प्रभावकारिताका लागि पहल गर्नु, महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुधार, भौतिक पूर्वाधारको विकास र भावी योजनाका लागि मार्गदर्शन खोज्ने छ ।

काठमाडौँको राष्ट्रियसभा गृह हलमा तीन दिन हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन् भने सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको सहभागिता हुनेछ ।

चौथो राष्ट्रिय सम्मेलनबाट सरकारी वकिलको व्यावसायिकता विकास र संस्थागत सुदृढीकरणका लागि आवश्यक सेवा शर्त कानुन तर्जुमाका लागि आधार तयार गर्ने, सरकारी मुद्दाको प्रतिरक्षा र बहस पैरवीमा सुधारको लागि विशिष्टीकरण र समन्वय विस्तारमा थप प्रभावकारिता वृद्धि गर्नेलगायतका उपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?