+
+

लुम्बिनी अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते २०:०४

६ पुस, काठमाडौं । नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने भएका छन् ।

लुम्बिनीका मुख्य प्रशिक्षक पिटर ट्रेगोले बुधबार दीपेन्द्रले कप्तानी गर्ने घोषणा गरेका हुन् ।

लुम्बिनी अल स्टार्सले बुधबार एक कार्यक्रम गर्दै टिम लिस्ट समेत सार्वजनिक गरेको छ । लुम्बिनीको मुख्य प्रशिक्षक इंग्ल्याण्डका पिटर ट्रेगो हुन् भने प्रशिक्षक नेपालका मनोज कटुवाल ।

पिटर ट्रेगोले नेपाल आउँदा खुशी लागेको बताए ।

कटुवालले टिम राम्रो रहेको र आफ्नो अनुभव यसमा लागु गर्ने बताए ।

लुम्बिनी अल स्टार्स

दीपेन्द्र सिंह ऐरी (कप्तान तथा मार्की प्लेयर), कुशल भुर्तेल, सागर ढकाल, गुल्सनकुमार झा, सुनिल धमला, योगेन्द्र सिंह ऐरी, किशोर महतो, इशान पाण्डे, अनिलकुमार साह, आकाश चन्द, तिलकराज भण्डारी,

विदेशी खेलाडी : विपुल शर्मा प्याट ब्राउन हर्मित सिंह लहिरु मिलान्था शाड्ले भान शाल्कवाएक, ह्यारी टेक्टर उन्मुक्त चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?