+
+
Shares
कविता :

कुर्सी

खै कस्तो
चुम्बकीय गुण हो
जो नि चिप्किन मात्र खोज्ने
शक्ति जोडिएको
भक्ति जोडिएको
आशक्ति जोडिएको
त्यसरी नै ठडिएको !

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ पुष ११ गते ११:४०

यहाँ
त्यो कुर्सीका खातिर
जहिले
हानथाप हुन्छ
हानाहान
तानातान हुन्छ
हुने नहुने हुन्छ
रुने हाँस्ने हुन्छ
हाँस्ने नाच्ने हुन्छ
न स्थायी इस्ट
न स्थायी दुष्ट
जो जुन बेला जे नि हुन्छ
रंग परिवर्तन हुन्छ
मन परिवर्तन हुन्छ …

वाचा कसम टुट्न सक्छ
बनेको सम्बन्ध फुट्न सक्छ
नयाँ सहमति जुट्न सक्छ
कहिले सोझो झै
कहिले बाङ्गो भै
कहिले सत्य झै
कहिले असत्य भै
जालझेल हुन सक्छ
छलछाम हुन सक्छ
इमान जमान कुलेलम नि हुन सक्छ
जे नि हुन्छ
हुन सक्छ
सधै त्यस्तै नै
भए झै देखिन्छ
जे छ त्यसमा छ
आखिर त्यसमा के छ ?

खै कस्तो
चुम्बकीय गुण हो
जो नि चिप्किन मात्र खोज्ने
शक्ति जोडिएको
भक्ति जोडिएको
आशक्ति जोडिएको
त्यसरी नै ठडिएको !
खै कस्तो कुर्सी हो त्यो
पाउने खुशी भो
रमाउने भो
नपाउनेले के समाउने हो !?!
निन्याउरो भो
पाउनलाई ‘प्लान’ बनाउने भो
अरुलाई लडाएर हुन्छ कि
क्षणभर चढाएर हुन्छ कि
सडाएर
जसरी नि पाउनुपर्ने भो त्यो
खुस्कन हुँदैन त्यो
अँह ! उम्कनु हुँदैन त्यो
बरु
अरु बल लगााउनुपर्ने भो
घुँडा धस्नु पर्ने भो
कम्मर कस्नुपर्ने भो
कुर्सी त्यो पाउनुमा
समाउनुमा
रमाउनुमा
जत्ति जीवन गो
त्यत्ति नै जीवन भो !

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?