+
+

शेखर कोइराला पक्षका शीर्ष नेताको बैठक : केन्द्रीय समिति बैठकमा उठाउने एजेन्डाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १०:०९

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदीय दल निर्वाचनको समीक्षा र आगामी केन्द्रीय समिति बैठकका रणनीतिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला पक्षबाट कांग्रेस महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका थिए । तर थापा ३९ मत अन्तरले पराजित भए । लगत्तै कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी अलग भएर एमालेसँग मिेर सरकारको नेतृत्व गरेको छ । गठबन्धन जोगाउन नसकेको भनेर कोइराला, थापा लगायतका नेताहरुले देउवाको आलोचना गर्दै आएका छन् ।

यिनै घटनाक्रमका बीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी २२ गते पार्टी कार्यालय सानेपामा बोलाइएको छ । सो बैठकमा उठाउने एजेन्डाबारे कोइराला पक्षमा आन्तरिक छलफल भइरहेको छ ।

 बैठकमा शेखरसहित गगन थापा, धनराज गुरुङ, जीवन परियार, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, चन्द्र भण्डारी, सरिता प्रसाईं, हृदयराम थानी, दीपक गिरीलगायत सहभागी छंन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?