+
+
Shares

शेखरनिकट नेता-कार्यकर्ता देउवा समूहको महाधिवेशनमा भाग लिने

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आफ्नो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुने पुष्टि गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १४:५१

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसमा छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षीय नेता–कार्यकर्ताहरू देउवा समूहको अधिवेशनमा भाग लिने भएका छन् ।

नेता कोइराला तटस्थ बसे पनि उनीनिकट नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको पूर्वसभापति शेरबहादुर देउवाको समूहले सुरु गर्न लागेको अधिवेशनमा सहभागी हुने भएका हुन् ।

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले आफ्नो समूहका नेता–कार्यकर्ताहरू बिहीबारदेखि सुरु हुन गइरहेको वडा अधिवेशनमा सहभागी हुने पुष्टि गरेका छन् ।

‘केहीले स्वविवेक प्रयोग गरेर अस्तीको महाधिवेशनमा भाग लिनुभयो । अब केहीले स्वविवेक प्रयोग गरेर भोलिबाट सुरु हुने महाधिवेशनमा भाग लिनुहुन्छ,’ उनले भने ।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोख्रेलले बिहीबारदेखि शनिबारसम्म वडा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिहरूलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?