+
+

नेपथ्यको कन्सर्टमा झुम्यो काठमाडौं (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०७९ पुष १६ गते २०:१६

१६ पुस, काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक समूह नेपथ्यको अन्तिम सांगीतिक कार्यक्रम शनिबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भयो । मानवताका लागि संगीत अभियान अन्तर्गत एक महिनाअघि विराटनगरबाट सुरु भएको अभियान शनिबार काठमाडौंको सांगीतिक कार्यक्रमपछि समापन भएको छ ।

काठमाडौंमा नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न हजारौं संगीतप्रेमी, सर्वसाधारण, राजनीतिज्ञ र विभिन्न पेशा व्यवसायी भृकुटीमण्डप पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेता पनि भृकुटीमण्डप पुगेका थिए ।

नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा सांगीतिक कार्यक्रम गरेको थियो । मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपथ्य समूह संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याण पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए ।

यो कन्सर्टको लाभांशले मानवता प्रवर्द्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच उद्देश्य राखिएको छ । त्यस्तै बेसहाराहरुको खाना, लत्ताकपडा र आवासका निम्ति अक्षयकोषको पनि स्थापना गरिने मानव सेवा आश्रमले जनाएको छ ।

हेर्नुहोस् तस्वीर 

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?