+
+

एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १८:४६

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।

शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।

‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौं । के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौं’ उनले भने ।

स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।

मुख्य रुपमा पार्टी निर्माण सुदृढिकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?