+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

२० वर्षमा पहिलोपटक गुगललाई टक्कर, च्याट जीपीटीसँग मिलेर माइक्रोसफ्टको यस्तो योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:४७

माइक्रोसफ्ट कम्पनीको सर्च इन्जिन  Bing कुनै समय निकै धेरै प्रयोगमा थियो । तर गुगलले सर्च इन्जिनको क्षेत्रमा आफ्नो पकड यस्तो बनाएको छ कि अन्य सर्च इन्जिनहरु गुगलको छेउछाउ पनि देखिंदैनन् । तर अब गुगलको साम्राज्यलाई तोड्न माइक्रोसफ्टले नयाँ कदम चाल्दैछ ।

वास्तवमा सर्च इन्जिनमा गुगलको दबदबा छ । कुनै पनि कुरा इन्टरनेटमा खोज्नुपर्‍यो भने मानिसहरु गुगललाई नै सम्झिन्छन् । तर अब यो मान्यतालाई भत्काउन माइक्रोसफ्टले जबरजस्त योजना बनाएको छ । रिपोर्ट अनुसार सर्च इन्जिनको क्षेत्रमा गुगललाई टक्कर दिन माइक्रोसफ्टले बहुचर्चित आर्टिफिसियल इन्टेलिजेन्स ChatGPT को प्रयोग गर्नेछ ।

समाचार अनुसार OpenAI को ChatGPT को प्रयोग गरेर माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन Bing को एक नयाँ संस्करण ल्याउनेछ । यद्यपि यस विषयमा माइक्रोसफ्टले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तथापि माइक्रोसफ्टले आगामी मार्च महिनासम्म Bing सर्च इन्जिनमा च्याट जीपीटी आबद्ध गरी नयाँ संस्करण ल्याउने तयारी गरिरहेको बताइएको छ ।

यसले सर्च इन्जिनको क्षेत्रमा गुगललाई टक्कर दिन सक्छ । यदि यो सफल भएमा झण्डै २० वर्षपछि यो क्षेत्रमा गुगलले कुनै प्रतिस्पर्धी फेला पार्नेछ । गत वर्ष माइक्रोसफ्टले एक ब्लग पोस्टमार्फत आफ्नो योजना सार्वजनिक गर्दै Image Generation मा सफ्टवेयर थप गर्ने योजना रहेको उल्लेख गरेको थियो ।

यसका लागि माइक्रोसफ्टले आफ्नो इमेज क्रिएसन सफ्टवेयर Dall-E2 को प्रयोग गर्ने सोच बनाएको थियो । तर अहिले त्यसभन्दा पनि अगाडि बढेर Bing मा ChatGPT लाई जोड्ने तयारी माइक्रोसफ्टले गरेको हो ।

स्मरण रहोस्, आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी OpenAI लाई माइक्रोसफ्टले विगत पाँच वर्षदेखि सहयोग गर्दै आएको छ । माइक्रोसफ्टले यसका लागि एक अर्ब डलर रकम समेत प्रदान गरेको थियो । OpenAI ले ChatGPT च्याटबोटको विकास गरेको छ । यो प्लेटफर्म आम प्रयोगकर्ताका लागि परीक्षणका रुप्मा उपलब्ध पनि गराइएको छ ।

विश्लेषकहरुका अनुसार ChatGPT केवल गुगलको विकल्प बन्ने मात्र होइन, यो आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरैको रोजगारी नै गुम्न सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?