+
+

२० वर्षमा पहिलोपटक गुगललाई टक्कर, च्याट जीपीटीसँग मिलेर माइक्रोसफ्टको यस्तो योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १७:४७

माइक्रोसफ्ट कम्पनीको सर्च इन्जिन  Bing कुनै समय निकै धेरै प्रयोगमा थियो । तर गुगलले सर्च इन्जिनको क्षेत्रमा आफ्नो पकड यस्तो बनाएको छ कि अन्य सर्च इन्जिनहरु गुगलको छेउछाउ पनि देखिंदैनन् । तर अब गुगलको साम्राज्यलाई तोड्न माइक्रोसफ्टले नयाँ कदम चाल्दैछ ।

वास्तवमा सर्च इन्जिनमा गुगलको दबदबा छ । कुनै पनि कुरा इन्टरनेटमा खोज्नुपर्‍यो भने मानिसहरु गुगललाई नै सम्झिन्छन् । तर अब यो मान्यतालाई भत्काउन माइक्रोसफ्टले जबरजस्त योजना बनाएको छ । रिपोर्ट अनुसार सर्च इन्जिनको क्षेत्रमा गुगललाई टक्कर दिन माइक्रोसफ्टले बहुचर्चित आर्टिफिसियल इन्टेलिजेन्स ChatGPT को प्रयोग गर्नेछ ।

समाचार अनुसार OpenAI को ChatGPT को प्रयोग गरेर माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन Bing को एक नयाँ संस्करण ल्याउनेछ । यद्यपि यस विषयमा माइक्रोसफ्टले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तथापि माइक्रोसफ्टले आगामी मार्च महिनासम्म Bing सर्च इन्जिनमा च्याट जीपीटी आबद्ध गरी नयाँ संस्करण ल्याउने तयारी गरिरहेको बताइएको छ ।

यसले सर्च इन्जिनको क्षेत्रमा गुगललाई टक्कर दिन सक्छ । यदि यो सफल भएमा झण्डै २० वर्षपछि यो क्षेत्रमा गुगलले कुनै प्रतिस्पर्धी फेला पार्नेछ । गत वर्ष माइक्रोसफ्टले एक ब्लग पोस्टमार्फत आफ्नो योजना सार्वजनिक गर्दै Image Generation मा सफ्टवेयर थप गर्ने योजना रहेको उल्लेख गरेको थियो ।

यसका लागि माइक्रोसफ्टले आफ्नो इमेज क्रिएसन सफ्टवेयर Dall-E2 को प्रयोग गर्ने सोच बनाएको थियो । तर अहिले त्यसभन्दा पनि अगाडि बढेर Bing मा ChatGPT लाई जोड्ने तयारी माइक्रोसफ्टले गरेको हो ।

स्मरण रहोस्, आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी OpenAI लाई माइक्रोसफ्टले विगत पाँच वर्षदेखि सहयोग गर्दै आएको छ । माइक्रोसफ्टले यसका लागि एक अर्ब डलर रकम समेत प्रदान गरेको थियो । OpenAI ले ChatGPT च्याटबोटको विकास गरेको छ । यो प्लेटफर्म आम प्रयोगकर्ताका लागि परीक्षणका रुप्मा उपलब्ध पनि गराइएको छ ।

विश्लेषकहरुका अनुसार ChatGPT केवल गुगलको विकल्प बन्ने मात्र होइन, यो आर्टिफिसियल इन्टेलिजेन्सका कारण धेरैको रोजगारी नै गुम्न सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?