+
+

प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते २०:२४

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए ।

यद्यपि, यसबारे आधिकारिक निर्णय भने मंगलबार विहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्ने ती नेताले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?