+
+

रास्वपाले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १० गते १७:०८

११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ ।

८ माघमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन् ।

हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?