+
+

नीर शाहले दिए चलचित्र विकास बोर्डको सल्लाहकार संयोजकबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते ९:३८

काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।

सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार समिति भन्ने छैन । सम्भवतः उहाँले सक्रिय हुन नसकेको महसुस गर्नुभएकाले राजीनामा दिनुभएको होला ।’

अनलाइनखबरसँग कुरा गर्दै शाहले पनि कार्यव्यस्तताको कारण आफूले राजीनामा दिएको बताए । आफू केशव भट्टराईको पालादेखि नै सदस्य रहिआएको बताउँदै शाहले वर्तमान अध्यक्ष केसीले सल्लाहकार समितिमा धेरै मान्छे राखेकोप्रति असन्तुष्टि व्यक्त गरे । शाहसहित सुशान्त र रविन्द्रको राजीनामा पत्रमा उल्लेख भएअनुसार सल्लाहकार समितिको सल्लाहलाई बोर्डले ध्यान नदिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?