+
+
Shares

चलचित्र विकास बोर्डको अध्यक्षको लागि १२ जनाले दिए दरखास्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २०:०४
बायाँबाट क्रमशः मनिष पण्डित, निशा अधिकारी, नरेश पौड्याल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त हालेका छन् ।
  • छनोट समितिका सदस्य अशोक शर्माले सोमबारदेखि आवेदन मूल्यांकन सुरु हुने र सर्टलिस्टबारे सोमबार टुंगो लाग्ने बताए ।
  • समितिले ३ जनाको अन्तिम सूची मन्त्रालयलाई बुझाउनेछ, र मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जना फिल्मकर्मीले सूचना तथा सञ्चार मन्त्रालयमा दरखास्त हालेका छन् । मन्त्रालयले आवेदन दिएका नामबारे पुष्टि गरेको छ ।

आवेदन दिनेहरूमा निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेती छन् ।

छनोट समितिका सदस्य अशोक शर्माका अनुसार सोमबारदेखि प्राप्त आवेदनबारे मूल्यांकन प्रक्रिया सुरु हुनेछ । समितिले अन्तर्वार्ता र प्रस्तुतिकरणको मिति तोक्नेछ ।

‘सर्टलिस्ट गर्ने कि नगर्ने भन्ने निधो भएको छैन । सोमबार टुंगो लाग्छ’ शर्माले भने । समितिले मन्त्रालयलाई ३ जनाको अन्तिम सूची बुझाउनेछ । मन्त्रालयको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एकजनालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?