News Summary
Generated by OK AI. Editorially reviewed.- सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ।
- समितिमा कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेका छन्।
- मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त खुलाएको छ र भोलि बुधबार आवेदन दिने अन्तिम मिति हो।
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा चलचित्र विकास बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्य रहेको समिति गठन भएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त छनोट समिति गठन भएको मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौड्यालले जानकारी दिए । मन्त्रालयले अध्यक्ष पदका लागि दरखास्त आवेदन खुलाइसकेको छ । जसअनुसार भोलि बुधबार दरखास्त दिने अन्तिम मिति हो ।
प्राप्त आवेदनमध्येबाट समितिले सर्टलिस्ट तयार पार्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4