+
+

सामाजिक सञ्जाल ह्‍याक गरी ठगेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १५:२७

२७ माघ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् ।

उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?