+
+

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १९:४३

२७ माघ, गोरखा । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेल रहेका छन् ।

माघ २० गते साँझ ललाई-फकाई आफ्नो घरको कोठामा लगेर पोखरेलले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

गत पुस ३० गते पनि उनले बालिकालाई घरमा लगेर जबरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।

पक्राउ परेका पोखरेलविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी म्‍याद थपेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?