+
+

सिमरा सेजमा निर्माणाधीन प्रदर्शनी हलको छत भत्कियो, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १०:१५

२ फागुन, वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा निर्माणाधीन भवन भत्कँदा २ जना घाइते भएका छन् ।

मोरङ जिल्ला सुनबारी नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।

सेजको प्रदर्शनी हलको ढलान छत भत्किएर उनीहरू घाइते भएका हुन् । करिब ९ करोडको लागतमा प्रदर्शनी हल निर्माण भइरहेको छ ।

उनीहरूको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।

पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीले बताए ।

स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् ।  प्रदर्शनी हल निर्माणको जिम्मा प्रतिष्ठा निर्माण कम्पनीले लिएको छ ।

हल एक हजार २५० वर्ग मिटरको बन्ने सम्झौतामा उल्लेख छ ।   उद्योगका लागि आवश्यक भौतिक संरचना निर्माणमा सेजले पाँच अर्बभन्दा बढी खर्च गरिसकेको छ ।

हलको छत भत्किएपछि प्रहरीले सह- ठेकेदार इटहरीका ४५ वर्षीय प्रदिप बदगाईलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?