+
+

यातायात मजदुरका नेता भन्छन्– आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ९:५७
सरकारसँगको वार्तामा सहभागी यातायात मजुरका नेताहरू ।

२ फागुन, काठमाडौं । सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीका नेताहरुले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।

आन्दोलनपछि कोणसभाका लागि गएका आफ्ना मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।

बालाजु क्षेत्रमा भएको लुटपाटमासमेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरुको संलग्नता रहेको आरोप लगाउँदै उनीहरुले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताए ।

ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ ।

यातायात मजदुरहरुले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेजलगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए । सोही आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए ।

बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरू तोडफोडसमेत गरेको थियो । आज उनीहरुले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी टोली र यातायात मजदुरका प्रतिनिधिहरूबीच वार्ता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?