+
+

एनआईसी एशिया बैंकका ग्राहकलाई केड कम्पनीमा किनमेल गर्दा २० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १९:४५

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । केड कम्पनीमा सामान खरिद गरेबापत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने समझदारी भएको छ ।

समझदारीपत्रमा एनआईसी एशिया बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीका प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकर्ताहरुले केड कम्पनीमा सामान खरिद गरेबापत डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्ने छन् । बैंकका कर्मचारीहरुले भने २५ प्रतिशत छुट पाउने सम्झौता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?