+
+

नामिबिया १५३ रनमा अलआउट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १२:२७

३ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नामिबियाले स्कटल्यान्डलाई १५४ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको स्कटल्यान्डले कसिलो बलिङ गर्र्दै ३९.२ ओभरमा १५३ रनमा अलआउट भएको हो ।

नामिबियाका लागि ओपनर ब्याटर लो हान्ड्रे लोरेन्सले सर्वाधिक ५४ रन बनाए । उनी एक मात्रै ब्याटर थिए जसले नामिबियाका लागि टिकेर खेले । सेट भएका ब्याटर लोरेन्सले ८८ बल खेल्दै ५ चौका प्रहार गरे ।

अर्का ओपनर कार्ल ब्रेकनस्टोक ४ रनमा स्टम्पिङ भए । जेन ग्रिनले २५ रन बनाए । कप्तान ग्रहार्ड इरास्मस गोल्डेन डक भए । पिक्की या फ्रान्सले ११ रन र बर्नाड स्कोल्ट्जले ३९ बलमा ३० रन बनाए ।

बेन शिकोन्गो १ रनमा अविजित रहे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डका लागि माइकल लिस्कले ८.२ ओभर बलिङ गर्दै ४ विकेट लिए । साफ्यान शारिफ र मार्क वाटले समान ३–३ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?