+
+

दिलीप हत्या अभियोगमा ३ जना दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १८:३७

३ फागुन, जनकपुरधाम । खोला उत्खनन्‌को विरोध गर्दा हत्या गरिएका दिलिप महतो (ओमप्रकाश) घटनामा संलग्न ३ जना दोषी ठहर भएका छन् ।

जिल्ला अदालत धनुषाले घटनामा संलग्न रहेको प्रमुख योजनाकार विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतोलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले बुधबार यस्तो आदेश सुनाएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए ।

हत्यामा संलग्न रहेको आर‍ोप लागेका चारजना अभियुक्तलाई भने सफाइ दिइएको छ । घटनामा संलग्न रहेको दावी प्रमाण नपुगेपछि उनीहरूलाई सफाइ दिइएको स्रेस्तेदार बस्नेतले बताए ।

दोषी ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक छन् भने जितेन्द्र र मुनीन्द्र भने कामदार हुन् ।दोषी ठहर भएकाहरुको हकमा साजय फागुन १२ गते सुनाइने श्रस्तेदारले जानकारी दिए ।

२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?